उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ। निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ । जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । —














निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया