वाईसिएल नेपालद्वारा बल्खु क्षेत्रमा बाढी प्रभावित घरहरूको सरसफाइ र उद्धार कार्य गर्दै
मेरोन्यूज
२०८२ असोज १९ गते १८:५०

काठमाडौं । हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौंको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ। वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर स्वच्छता कायम गर्न सहयोग गरेका छन्।

साथै, बाढीले क्षति पु-याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ। बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ।
वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीको नेतृत्वमा सुरु गरिएको यो अभियानले बाढीपीडित क्षेत्रमा तत्काल राहत र सरसफाइमा ठूलो योगदान पुर्याइरहेको छ
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया