कास्की कारागारका दुई सय ९० कैदीबन्दी अझै फरार

कास्की। गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीको बन्दीगृहबाट भागेकामध्ये २९० जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए । उनले भने “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् ।
केहीलाई भने भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाहरूको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने विभागको निर्देशनको पर्खाइमा छौँ ।” कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले गत असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो ।
तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको बताइन्छ । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।
प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । तर कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा सुरक्षित रहेको छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो । प्रदर्शनकारीले गत भदौ २४ गते कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया