कास्की कारागारका दुई सय ९० कैदीबन्दी अझै फरार

कास्की। गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीको बन्दीगृहबाट भागेकामध्ये २९० जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए । उनले भने “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् ।
केहीलाई भने भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाहरूको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने विभागको निर्देशनको पर्खाइमा छौँ ।” कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले गत असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो ।
तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको बताइन्छ । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।
प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । तर कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा सुरक्षित रहेको छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो । प्रदर्शनकारीले गत भदौ २४ गते कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया