नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छः प्रधानमन्त्री कार्की

भक्तपुर। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएकी छिन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुुरथिमिस्थित राष्ट्रिय विभूूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताउनुभएकी हुन् ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताएकी छिन् । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको टोलीसँगको भेटमा उनले रु पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुुनाले अब निष्काशन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिनेबारेमा छलफल गरी निर्णय लिने बताएकाे प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिनुभएको थियो । उनले नेपाल संवत्को नयाँ वर्षको दिन शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुुने बताउनुभएकी उनले जानकारी दिइन्।










फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
दरबारमार्गमा जलरङ माध्यममा नयाँ प्रयोग
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
झापामा सवारी दुर्घटनामा परी ४ महिनामा १७ जनाको मृत्यु
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया