भारतबाट ५ सय सिलिण्डर अक्सिजन ग्यास आइपुग्यो

काठमाडौँ । रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले भारतबाट लिक्विड ग्यास नेपाल भित्र्याएको छ । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई कम गर्न नसकेपछि भारतबाट लिक्विड ग्यास आयात गरेको हो ।
शुक्रबार आयात गरिएको ग्यास करिब पाँच सय सिलिण्डर रहेको छ । बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पुर्याएको भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए ।
उद्योगले दैनिक पाँच सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । जिल्लामा दैनिक दुई हजार एक सय ५० भन्दा बढी सिलिण्डर अक्सिजन माग भए पनि ११ सय सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । जिल्लामा गत सातादेखि अक्सिजन अभाव हुँदै आएको छ ।
केही दिनअगि अक्सिजन अभाव भएपछि विभिन्न तहसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० सिलिण्डर ग्यास चितवन र सिमराबाट रुपन्देहीमा लगिएको थियो ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया