भारतबाट ५ सय सिलिण्डर अक्सिजन ग्यास आइपुग्यो

काठमाडौँ । रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले भारतबाट लिक्विड ग्यास नेपाल भित्र्याएको छ । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई कम गर्न नसकेपछि भारतबाट लिक्विड ग्यास आयात गरेको हो ।
शुक्रबार आयात गरिएको ग्यास करिब पाँच सय सिलिण्डर रहेको छ । बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पुर्याएको भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए ।
उद्योगले दैनिक पाँच सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । जिल्लामा दैनिक दुई हजार एक सय ५० भन्दा बढी सिलिण्डर अक्सिजन माग भए पनि ११ सय सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । जिल्लामा गत सातादेखि अक्सिजन अभाव हुँदै आएको छ ।
केही दिनअगि अक्सिजन अभाव भएपछि विभिन्न तहसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० सिलिण्डर ग्यास चितवन र सिमराबाट रुपन्देहीमा लगिएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया