यस्तो बन्यो ओलीको क्याविनेट : सबै पूरानै अनुहार (सूचीसहित)
पहिलो चरणमा १० जना मात्र मन्त्री बनाउने तयारी बालुवाटारले गरे पनि माधव नेपाल पक्षको मन्त्रीको नाम नटुंग्गिएको र जसपा पनि सरकारमा आउने भएपछि अहिले सबै पूरानैलाई मन्त्री दोहोर्याइएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक सिंहदरबारको बागडोर सम्हालेका छन् । संसद्मा विश्वासको मत प्राप्त नगरी पदमुक्त भएको तेस्रो दिनमै ओली संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को एउटा घटक (उपेन्द्र-बाबुराम)ले संसद्मा सरकार बनाउन आवश्यक १३६ मत पुर्याउन नसकेपछि संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलको हैसियतमा नेकपा (एमाले) का अध्यक्ष ओली बिहीबार बेलुकी नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । योसहित ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओलीले शपथ लिएसँगै आजै मन्त्रिपरिषद्समेत विस्तार गरेका छन् । उनले आफ्नो मन्त्रिमण्डलमा रहेका अधिकांश पूरानै नेताहरुलाई मन्त्री नियुक्त गरेका छन् । आफूलाई तेस्रोपटक प्रधानमन्त्री बन्न सघाएका जसपाको एक घटक (महन्थ राजेन्द्र)लाई पनि ओलीले आफ्नो क्याविनेटमा ल्याएर मन्त्री बनाउन चाहेका थिए ।
तर, जसपाको उक्त घटकले केही परिस्थति निर्माण गरेर मात्र सरकारमा आउने आश्वासन दिएपछि अहिले ओलीले आफ्नै पार्टी एमालेका तर्फबाट मात्र नेताहरुलाई समेटेर मन्त्रिमण्डल गठन गरेका हुन् । ओलीले आफ्ना पूरानै मन्त्रिमण्डलका सबैलाई समेटेर अहिले मन्त्रिमण्डल बनाएका हुन् ।
जसअनुसार ईश्वर पोखरेलले उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रामबहादुर थापा (बादल) गृह, विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरु पनि पूरानै छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वमाओवादी धारका ५ र एमाले धारका ५ जनालाई मात्र समेटेर पहिलो चरणमा १० जना मात्र मन्त्री बनाउने समझदारी बनेको थियो ।
तर माधव नेपाल पक्षले मन्त्रीको नाम टुंगो नलगाएपछि र जसपाका पनि नेताहरु केही प्राविधिक विषय मिलाएर सरकारमा आउने बताएपछि ओलीले अहिले पूराना सबै मन्त्रीलाई यथास्थानको मन्त्री मन्त्रिपरिषद्को गठन गरेका हुन् ।
उनले नेपाल पक्षले टुंगो लगाएपछि र जसपाको पनि प्राविधिक तयारी पूरा गरेपछि अहिलेको मन्त्रिमण्डललाई पूर्नगठन गर्ने गरी क्याविनेटमा पूरानैलाई दोहोर्याएका हुन् ।
क्याविनेटमा प्रधानमन्त्री ओलीका सारथी
| क्र.स | नाम | कार्यविभाजन |
| १. | केपी शर्मा ओली | प्रधानमन्त्री तथा रक्षा |
| २. | ईश्वर पोखरेल | उप्रपधान तथा प्रधानमन्त्री कार्यालय |
| ३. | रामबहादुर थापा बादल | गृह |
| ४. | टोपबहादुर रायमाझी | उर्जा |
| ६. | विष्णु पौडेल | अर्थ |
| ७. | प्रदिप ज्ञवाली | परराष्ट्र |
| ८. | हृदयेश त्रिपाठी, | स्वास्थ्य तथा जनसंख्या |
| ९. | लेखराज भट्ट | उद्योग, वाणिज्य तथा आपूर्ति |
| १०. | कृष्णगोपाल श्रेष्ठ, | शिक्षा, विज्ञान तथा प्रविधि |
| ११. | प्रभु साह | सहरी विकास |
| १२. | भानभुक्त ढकाल | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| १३. | मणिचन्द्र थापा | खानेपानी |
| १४. | पद्मा अर्याल | कृषि तथा पशुपक्षी |
| १५. | वसन्त नेम्वाङ | भौतिक पूर्वाधार तथा यातायात |
| १६. | गौरीशंकर चौधरी | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
| १७. | पार्वत गुरुङ | सञ्चार तथा सूचना प्रविधि |
| १८. | शिवमाया तुम्बाहाम्फे | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
| १९. | लिलानाथ श्रेष्ठ | कानून, न्याय तथा संसदीय मामिला |
| २०. | गणेशसिंह ठगुन्ना | संघीय मामिला तथा सामान्य प्रशासन |
| २१. | प्रेमबहादुर आले | वन तथा वातावरण |
| २२. | जुलीकुमारी महतो | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
| २३. | दावा लामा तामाङ | युवा तथा खेलकुद |
| २४. | नवराज राउत (राज्यमन्त्री) | स्वास्थ्य तथा जनसंख्या |
| २५. | रामवीर मानन्धर (राज्यमन्त्री) | सहरी विकास |
| २६. | विमला विक (राज्यमन्त्री) | उद्योग, वाणिज्य तथा आपूर्ति |
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया