कैलालीमा युवकमाथि आक्रमण गरेको आराेपमा ११ जना पक्राउ

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका भीम नेपाली, अनुपम सिंह, मुस्कान सिंह, बबिन सिंह, गोपाल भट्ट, विशाल बोहरा, प्रिन्स सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किरण महरा, गोविन्द बलायर तथा पुनर्वास नगरपालिकाका दिनेश विक र अनिल विक छन् ।
उक्त होटेलमा दुई दिनअघि धारिलो हतियार प्रहार गरी डडेलधुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आक्रमण भएको थियो । गम्भीर घाइते ऐरको हाल भारतको रुद्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया