जिली एक्स ५ ले नेपाली उपभोक्ताको मन जित्दै

काठमाडाैं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात ईभी ब्रान्ड जिली एक्स ५ ले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।
नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली एक्स ५ म्याक्स र एक्स ५ प्रोको गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताहरूको भिड लागिरहँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो । यसले नेपाली उपभोक्ताहरूको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ ।
काठमाडौंलगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारास्थित शोरुममा स्वत:स्फूर्त रूपमा आएर जिली एक्स ५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा एक्स ५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारीसाधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ ।
‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौँ,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए, ‘शोरूमबाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता– यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन् ।’
उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले एक्स ५ को स्मूथ पर्फर्मेन्स र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको ईभी’ को संज्ञा दिएका छन् ।
एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, व्यवसायी, पेसाकर्मी र ईभीपारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ । धेरै ग्राहकहरूले एक्स ५ को रेञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीमध्ये एकको उपमा दिएका छन् ।
‘जिली एक्स ५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,’ एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले भने, ‘हामीले पाएको जिली एक्स ५ प्रतिको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताहरूले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।’
उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिबार र सार्वजनिक बिदामा पनि खुला रहने बताइएको छ ।
यो उत्साहलाई थप उचाइमा पुर्याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिब अफरहरू घोषणा गरेको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याकलगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया