गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई पक्राउ

काठमाडौँ।नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।














एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया