एएफसी महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित
मेरोन्यूज
२०८२ असोज ३१ गते २०:४३

काठमाडौँ। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो । यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।
खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो । यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।
सम्बन्धित












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया