अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ ।नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरुले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्यानमा पारेर नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलसमेत बरामद गरिएको छ ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया