प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट निवेदन दर्ता भएका छन् । यसअघि ११ रिट निवेदन दर्ता भएका थिए । यही कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै आजसम्म १६ रिट निवेदन दर्ता भएका छन् ।
दर्ता भएका निवेदनहरू संवैधानिक इजलास सुनुवाइ हुनेछ । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित भएको थियो । गत असोज २८ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन आएका हुन् ।
रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल, विपिन ढकाललगायत रहनुभएको छ । गत असोज २६ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया