दश लाख मूल्य बढीका सामान बरामद

देवदह (रुपन्देही) । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्यबराबरको भन्सार छली गरिएका सामान बरामद गरेको छ । गत बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु १० लाख ५७ हजार ५०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी रहेका छन् ।
प्रहरीले भन्सार छलेर सामान ल्याएको आरोपितलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अली, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थान बस्ने ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका–३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन् ।
















कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया