पार्टी एकताबारे टुङ्गो लागिसकेको छैन : माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुङ्गो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौँ ।”
सचिवालयले आज विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताबमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको जनाएको छ ।
सचिवालयले भनेको छ, “यद्यपि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागिसकेको छैन, विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।”
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया