कार्यभार सम्हाल्दै खेलकुदमन्त्री गुप्ताले भने- बोलेर हाेइन काम गरेर देखाउँछु
मेरोन्यूज
२०८२ कार्तिक ९ गते १८:१६

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् ।
सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुन् । उनी सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन् । मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया