आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २९ तारिख।। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : पुराना साथीहरूसँग भेटघाट हुने समय छ । आफन्तहरूको आगमनले घरपरिवारमा खुशीको माहोल रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्ने याेग रहेकाे छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृष : प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ। व्यपारमा लाभका योग छन्। समय अनुरूप आफूलाई परिवर्तन गर्नुहोस् भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : जग्गा जमीनलाई लिएर ऋण लिनुपर्ला सावधान रहनुहोस्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा बलको अपेक्षा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : जग्गा जमीनलाई लिएर ऋण लिनुपर्ला सावधान रहनुहोस्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा बलको अपेक्षा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : प्रतिष्ठित व्यक्तिहरूसँग राम्रो सम्पर्क बन्नेछ। सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। कार्यलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : कार्यक्षेत्रमा हजुरको कामको प्रशंसा हुनेछ। नयाँ लगानी लगाउनको लागि समय अनुकूल रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
तुला : आफन्तहरूले वेवीस्था गर्दा मन अप्रसन्न रहनेछ। गुप्त कुराहरू अरुसँग नभन्नुहोस्। घर परिवारको वातावरणलाई सकारात्मक राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक :रोकिएका कार्य सम्पादन हुनाले मनोबलमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
धनु : सकारात्मक रहने प्रयास गर्नुहोला। आफन्तमध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। नयाँ योजनाहरूको रूपरेखा कोरिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : युवा वर्गहरूलाई रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : स्वास्थ्यले गर्दा आर्थिक स्थिति बिग्रिन सक्छ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन विचलित हुनेछ। कार्यक्षेत्रमा अरुको थप कार्य गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मीन : धार्मिक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। इष्टमित्रहरूको साथ पाइनेछ। छात्रहरूलाई भविष्यलाई लिएर चिन्ता रहनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

















सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया