सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
मेरोन्यूज
२०८२ कार्तिक १२ गते १०:४६

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको विमान ९एन– एएमएस हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । पाइलट खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा अन्य कुनै यात्रु थिएनन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियाे । बिहान ७ बजेर ४३ मिनेटमा लुक्लाबाट उद्धारका लागि लोबुचेतर्फ उडेको हेलिकप्टर बिहान ८ बजेर १५ मिनेटमा लुक्ला अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनाबारेको विवरण
कम्पनी : अल्टिच्युड एयर
विमान : ९एन–एएमएस
क्याप्टेन : विवेक खड्का
सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
समय : लुक्लाबाट उडान ०७:४३
अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।
सम्बन्धित
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया