सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल
मेरोन्यूज
२०८२ कार्तिक १२ गते १०:४६

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको विमान ९एन– एएमएस हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । पाइलट खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा अन्य कुनै यात्रु थिएनन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियाे । बिहान ७ बजेर ४३ मिनेटमा लुक्लाबाट उद्धारका लागि लोबुचेतर्फ उडेको हेलिकप्टर बिहान ८ बजेर १५ मिनेटमा लुक्ला अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनाबारेको विवरण
कम्पनी : अल्टिच्युड एयर
विमान : ९एन–एएमएस
क्याप्टेन : विवेक खड्का
सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
समय : लुक्लाबाट उडान ०७:४३
अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया