भियतनाममा बाढी : ९ जनाको मृत्यु, ५ बेपत्ता

भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ ।
राष्ट्रिय नागरिक सुरक्षा सञ्चालन समितिको कार्यालयका अनुसार दा नाङ सहरमा छ, ह्यु सहरमा एक र क्वाङ न्गाई प्रान्तमा २ जनाको बाढीको कारण मृत्यु भएको हो ।
बाढी प्रभावित क्षेत्रका अधिकारीहरूसँग बाढीपछिको राहत तथा उद्धार सम्बन्धी बैठकको अध्यक्षता गर्दै भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले मध्य भियतनाममा गम्भीर बाढी आएको तथा धेरै क्षेत्रमा ठुलो वर्षा भएको उल्लेख गरेका छन् ।
कृषि तथा वातावरण मन्त्री ट्रान डुक थाङले हु र दा नाङ सहरका एक लाख १० हजार भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएको बताएका छन् ।
प्रधानमन्त्रीले स्थानीय अधिकारीहरूलाई पहिरो तथा आकस्मिक बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई स्थानान्तरण गर्न र प्रभावित समुदायका लागि अत्यावश्यक सामाग्री खाद्यान्न, औषधीका साथै कीटाणुनाशकको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् ।
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया