आज २०८२ साल कात्तिक १३ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। कुष्माण्ड नवमी व्रत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक वाद विवाद सुल्झिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष : कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ। आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह : कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या : कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। परोपकार र समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सम्बन्धमा मजबुती आउनेछ। जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मकर : उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सरकारी कार्यमा समय लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन :सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। साहित्य वा लेखन कलामा सुधार आउनेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

















मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया