आज २०८२ साल कात्तिक १३ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। कुष्माण्ड नवमी व्रत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : व्यापार व्यवसायमा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक वाद विवाद सुल्झिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष : कार्यक्षेत्रमा एकाग्रता बनाएर राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। राजकीय वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : पारिवारिक विवादहरू आपसी मध्यस्थाले सुल्झिनेछ। आध्यात्मिक ज्ञानको लागि समय अनुकूल रहेको छ। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। वरिष्ठ व्यक्तिहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह : कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाहरूबाट लाभ लिन सकिएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कन्या : कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। परोपकार र समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सम्बन्धमा मजबुती आउनेछ। जग्गा जमिनबाट राम्रो लाभ मिल्नेछ। इष्टमित्रहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। पारिवारिक मामलाहरू सुल्झाउनको लागि आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मकर : उच्च अधिकारीहरुलाई कामबाट प्रभावित पार्न सकिनेछ। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : नयाँ लगानी लगाउनुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सरकारी कार्यमा समय लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मीन :सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। साहित्य वा लेखन कलामा सुधार आउनेछ। कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।












विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया