अध्ययनले भन्छ : कोरोनाबाट थप सवा करोडको मृत्यु हुन्छ

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) कारण विश्वभर अकल्पनीय नोक्सान हुँदै आइरहेको छ । तीव्र विकास भएका देशहरू अमेरिका, बेलायत, इटाली, ब्राजिल जस्ता देशहरूमा स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगेको छ । नेपालको छिमेकी देश भारतमा समेत कोरोनाका कारण दैनिक हजारौँ मानिसले ज्यान गुमाउँदै आएका छन् ।
नेपालकै अर्को छिमेकी देश चीनको वुहान शहरबाट फैलिएको कोरोनाका कारण विश्वभर करिब ३४ लाख मानिसले ज्यान गुमाइसकेका छन् । यस्तै, १६ करोड २५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यसैबीच करोडौँको संख्यामा कोरोनाविरूद्धको भ्याक्सिन लगाउँदै आएका छन् ।
धनी देशको तुलनामा गरिब देशमा पर्याप्त कोरोनाको भ्याक्सिन प्राप्त हुन नसक्दा यसको अवस्था थप जटिल हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताउँदै आएको छ । इकोनोमिक मोडलले कोविड-१९ का कारण विश्वभर थप ७१ लाखदेखि एक करोड २७ लाख मानिसको मृत्यु हुन सक्ने रिपोर्ट तयार पारेको छ । माडलका अनुसार भारतमा मात्रै थप १० लाख मानिसको मृत्यु हुने देखाएको छ ।
इकोनामिक मोडलले दुई सय देशको एक सय २१ संकेतका आधारमा अध्ययन गरेको जनाएको छ । जसमा संक्रमितबाट मृत्यु हुने दर, जनसंख्याको आयु, परीक्षाण दर, संक्रमित देखिने दरलगायत रहेका छन् ।
उदाहरणका लागि रूसमा कोभिड-१९ बाट मृत्यु हुने सरकारी संख्याभन्दा अधिक मानिसको मृत्यु भएको थियो । यसको अनुपात ५ः१ गुणा रहेको समाचारमा जनाइएको छ । कोरोनाबाट गरिब देशमा बढी प्रभाव परेको छ तर, धनी देशमा कोरोनाबाट मृत्यु हुनेको दर उच्च रहेको छ । मोडलको रिपोर्टले करिब ६७ लाख मानिसको मृत्युलाई गन्ती नगरेको दाबीसमेत गरेको छ । यो संख्या अधिक मात्रामा गरिब तथा मध्यम आय भएको देशमा रहेका छन् । एजेन्सीको सहयोगमा
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया