गृहमन्त्री अर्याललाई हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको जनाएको छ ।
सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको स्पष्ट पार्दै अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा सङ्गठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिइरहेका उल्लेख छ ।
अहिलेको संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि सचिवालयले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।














निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया