जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।
“जेनजी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् । युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ । सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो”, महासचिव पोखरेलले भने, “युवाको आकाङ्क्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ ।”
जेनजी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे । न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।
प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदीबन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आमनागरिकमा भय र त्रास फैलाएको बताए । उनले भने, “स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ ।”
प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सचिव निमुसङ्गम घर्तीले गरेका थिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया