महाकाली सिँचाइ आयोजना: नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ ।
बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको हो । “मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो”, आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलले भने ।
इन्जिनियर पोखरेलका अनुसार निर्माण कम्पनीसँग रु एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ ।
महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया