बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा। लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा ढल्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण भएको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति पुगेपछि आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।
गोलबजार-९ का किसान रामपुकार कामतीले सुरुमा खडेरीले रोपाइँमा समस्या पारेको भन्दै अहिले भित्र्याउने बेला झरीले धानबाली नष्ट गरेकामा चिन्ता व्यक्त गरे । उनले भने, “रोप्ने बेलामा खडेरीको मारमा परियो । जसोतसो धान रोपियो । तर भित्र्याउने बेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ । दुःख गरेर खेती गर्छौैँ, तर प्रकृतिले साथ दिँदैन ।” कर्जन्हा नगरपालिका-३ बन्दीपुरका जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गरे ।

उनले मुस्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै तत्काल क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउन सरोकार भएका निकायसँग माग गरे । साउनको दोस्रो सातासम्म वर्षा नहुँदा किसानले बोरिङ र जेनेरेटरको पानीले रोपाइँ गरेका थिए ।
यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार यसपटक खडेरीका कारण ८८ दशमलव १७ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले वर्षासँगै आएको सामान्य हावाले धान ढलेपछि दाना कुहिएर उत्पादन घट्ने अनुमान गरिएको बताए । वर्षा रोकिएपछि मात्र स्थानीय तहको कृषि शाखासँग समन्वय गरी क्षतिको यकिन गरिने उनले जानकारी दिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया