माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, कार्तिक १८ गते पार्टी एकीकरण गर्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ।
माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १८ गते पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले जानकारी दिए । यस्तै महेन्द्र राय नेतृत्वको नेसपा र नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपाका केही नेताहरू पनि सोही दिन माओवादीमा जाने बताइएकाे छ ।
सपाका सबै नेताहरू माओवादीसँगको एकताको पक्षमा छन् भने विप्लव टिमका केही नेताहरू मात्रै एक हुने पक्षमा छन् । उपमहासचिव राईका अनुसार एकीकरण पछाडि पार्टीमा अध्यक्ष नेपाल र संयोजक प्रचण्डको पद एकै रहने बताइएको छ।
‘संयोजक रहने अथवा अध्यक्ष रहने उहाँहरूको पद एकै रहन्छ । पार्टीमा उहाँहरूको हैसियत समान रहन्छ।’ उनले खबरहबलाई भने, ‘हामी कोही स्थायी कमिटी सदस्य र कोही केन्द्रीय सदस्य पदमा रहनेछौं।’
राईका अनुसार एकीकरण पछि एक व्यक्तिलाई बहुपद भने दिइने छैन।
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया