माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, कार्तिक १८ गते पार्टी एकीकरण गर्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ।
माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १८ गते पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले जानकारी दिए । यस्तै महेन्द्र राय नेतृत्वको नेसपा र नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपाका केही नेताहरू पनि सोही दिन माओवादीमा जाने बताइएकाे छ ।
सपाका सबै नेताहरू माओवादीसँगको एकताको पक्षमा छन् भने विप्लव टिमका केही नेताहरू मात्रै एक हुने पक्षमा छन् । उपमहासचिव राईका अनुसार एकीकरण पछाडि पार्टीमा अध्यक्ष नेपाल र संयोजक प्रचण्डको पद एकै रहने बताइएको छ।
‘संयोजक रहने अथवा अध्यक्ष रहने उहाँहरूको पद एकै रहन्छ । पार्टीमा उहाँहरूको हैसियत समान रहन्छ।’ उनले खबरहबलाई भने, ‘हामी कोही स्थायी कमिटी सदस्य र कोही केन्द्रीय सदस्य पदमा रहनेछौं।’
राईका अनुसार एकीकरण पछि एक व्यक्तिलाई बहुपद भने दिइने छैन।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया