माओवादीमा विवाद : जनार्दन शर्माले गरे बैठक बहिस्कार
मेरोन्यूज
२०८२ कार्तिक १६ गते १३:३२

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन्। उनले आइतबार पेरिसडाँडामा बसेको बैठक बहिष्कार गरेका हुन्। आजकाे बैठकमा शर्मा उपस्थित नभएकाे पार्टीका एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने प्रस्तावप्रति शर्मा असन्तुष्ट छन्। शनिबारको बैठकमा उनले एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई बेवास्ता गरेर एकता गर्नु गलत हुने उनकाे भनाइ थियाे । आफ्ना धारणा राखेपछि जनार्दन बैठक छाडेर हिँडेका थिए।
हिजाेकाे बैठकपछि माओवादीले आजपनि बैठक बोलाएको थियो।
माओवादीले एकीकृत समाजवादीसँगको एकताबारे निर्णय लिन कात्तिक १७ गते केन्द्रीय समितिको बैठक डाकेको छ।
सम्बन्धित













समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया