माओवादीको केन्द्रीय समिति बैठक २० गते बस्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ । पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवलय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो । शुक्रबार बसेको सचिवालय बैठकले सोमबारका लागि बैठक तय गरेको थियो ।
माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो । आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
शुक्रबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो ।










ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया