माओवादीको केन्द्रीय समिति बैठक २० गते बस्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ । पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवलय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो । शुक्रबार बसेको सचिवालय बैठकले सोमबारका लागि बैठक तय गरेको थियो ।
माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो । आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
शुक्रबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो ।
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया