शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो संस्करण सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’अन्तर्गतको चौथो भिडिओ सार्वजनिक गरेको छ ।
उक्त भिडिओमा डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ ।
यसअघि अभियानको पहिलो भिडिओमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा नो कम्प्रोमाइज” भन्ने सशक्त सामाजिक सन्देश प्रस्तुत गरिएको थियो। दोस्रो भिडिओमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत “सर्तकताको मामलामा नो कम्प्रोमाइज” भन्ने सन्देश दिइएको थियो भने तेस्रो भिडिओले समयको महत्व झल्काउँदै दुई साथीबीचको अनुभवमार्फत “समयको मामलामा नो कम्प्रोमाइज” भन्ने सन्देश पस्किएको थियो। यी सबै भिडिओहरू दर्शकले अत्यधिक रुचाएका थिए।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
कम्पनीले सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आफ्नो नो कम्प्रोमाइजको वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया