शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो संस्करण सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’अन्तर्गतको चौथो भिडिओ सार्वजनिक गरेको छ ।
उक्त भिडिओमा डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ ।
यसअघि अभियानको पहिलो भिडिओमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा नो कम्प्रोमाइज” भन्ने सशक्त सामाजिक सन्देश प्रस्तुत गरिएको थियो। दोस्रो भिडिओमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत “सर्तकताको मामलामा नो कम्प्रोमाइज” भन्ने सन्देश दिइएको थियो भने तेस्रो भिडिओले समयको महत्व झल्काउँदै दुई साथीबीचको अनुभवमार्फत “समयको मामलामा नो कम्प्रोमाइज” भन्ने सन्देश पस्किएको थियो। यी सबै भिडिओहरू दर्शकले अत्यधिक रुचाएका थिए।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
कम्पनीले सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आफ्नो नो कम्प्रोमाइजको वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया