भियतनाम बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे

मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । उनीहरुका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पुर्वानुमान गरिएको छ ।
भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनारहरू फुटी केही ऐतिहासिक स्थलहरू डुबानमा परेको जनाइएको छ । २४ घण्टाको अवधिमा १.७ मिटर सम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।
पर्यावरण मन्त्रालयको विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रबार बिहानमात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने पूर्वानुमानका गरिएको छ ।
भियतनाममा जुन र सेप्टेम्बरको बिचमा भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव–संचालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् ।
दस टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोवेम्बर –१३ तारिखमा आउने अनुमान गरिएको छ ।
आँधीले हाल फिलिपिन्समा प्रहार गरि कम्तिमा दुई जनाको ज्यान लिनुका साथै सयौं हजार विस्थापित गरेको जनाइएको छ ।
आगामी बिहीबार नजिकिँदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रति घण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम बिभागले जनाएको छ ।
विपद् एजेन्सीका अनुसार बाढीका कारण लगभग ८० हजार घरहरू प्रभावित भएका छन् भने १० हजार हेक्टर भन्दा बढी बाली नष्ट हुनुका साथै ६८ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।
















एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया