नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र : सहसंयोजक नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए ।
सहसंयोजक नेपालले भने, “आज हामीले एतिहासिक काम सम्पन्न र एेतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।” मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे ।
“ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भने ।
कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गरे । “नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ”, उनले भने, “मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”
अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताए।










प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
प्रतिक्रिया