मंगलबार, मंसिर ९, २०८२

आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?

मेरोन्यूज २०८२ कार्तिक २० गते ७:१५

काठमाडौं ।आज २०८२ साल कात्तिक २० गते बिहिवार।मंसिर कृष्ण प्रतिपदा,तदनुसार सन् २०२५ नोभेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : कार्यक्षेत्रमा तपाइकाे कर्यकाे प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

वृष : अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य गर्नुहोस् व्यापारमा लाभ रहनेछ। आर्थिक क्षेत्रमा कारोबार गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : सामाजिक कार्यमा सक्रियता बढ्नेछ। आफ्नो योजना अरु कसैसँग नभन्नुहोस्। शेयर बजारमा लगानी लाभदायी रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कर्कट : कठिन परिश्रमले लक्ष्य प्राप्ति हुनेछ। स्वास्थ्यमा खानपानलाई लिएर सजग रहनुहोला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यर्थको दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह : सहयोगीहरूको सहयोगले मन उत्साहित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या : पारिवारिक सम्बन्धमा मनमुटावको सम्भावना देखिएको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य बाट बच्नुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला : वैवाहिक जीवनमा मधुरता बढ्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक : संसाधनको कमीले महत्वपूर्ण कार्यमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन्। लगनशीलताले उन्नतिको नयाँ मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

धनु : वाद विवाद सुल्झिनेछ। पूजा पाठ वा सामाजिक कार्यमा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मकर : अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ : व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन :कार्यक्षेत्रमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया