कोरोना संक्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिनेछ ।
डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । बिहान ७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ । अस्पतालमा आएका बिरामीले समेत आकस्मिक कक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् ।
संक्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताए । अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे ।
जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय संक्रमित छन् । तीमध्ये २१४ अस्पतालको आइसोलेशनमा, तीन हजार ५२४ होमआइसोलेशनमा र तीन जना सार्वजनिक आइसोलेशनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १६३ को मृत्यु भइसकेको छ ।रासस
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया