कांग्रेसले जुममार्फत सातै प्रदेशमा कोभिडको अवस्थाबारे अन्तर्क्रिया गर्दै

काठमाडौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कांग्रेसले जुममार्फत आज सातै प्रदेशमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथिका रुपमा नेता रामचन्द्र पौडेल रहने बताइएको छ।
आइतबार, सोमबार र मंगलबार सबै प्रदेशका लागि फरक फरक समय निर्धारण गरी कार्यक्रम राखिएको कार्यक्रमको संयोजन गरिरहेका कांग्रेसका सहमहामन्त्री एवम् अनुगमन समितिका संयोजक डा.प्रकाशसरण महतले जानकारी दिए ।
कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/ नगरपालिका कार्यसमितिका सभापति लगायतको सहभागिता रहने बताइएको छ ।कांग्रेसका सचिव प्रेम केसीका अनुसार आइतबार विहान १० बजेदेखि सुदुरपश्चिम र कर्णाली प्रदेश र अपरान्ह ४ बजेदेखि लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाको सहभागितामा छलफल कार्यक्रम हुनेछ । यस्तै, सोमबार विहान १० बजेदेखि गण्डकी प्रदेश, अपरान्ह ४ बजेदेखि बाग्मती प्रदेश, मंगलबार विहान १० बजेदेखि प्रदेश नं. २ र अपरान्ह ४ बजेदेखि प्रदेश नं. १ भित्रका जिल्लाहरुको सहभागितामा कार्यक्रम हुनेछ ।


















वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया