पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।
कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले आजदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्न चरणमा सातै प्रदेशमा दिइरहेको र सहभागीको क्षमता विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्न विश्वास व्यक्त गरे ।
त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको बताए ।
तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीपप्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उद्देश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए ।















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया