वेस्ट ब्याङ्कबाट २५ जना प्यालेस्टिनी पक्राउ

इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी, छापा र हिंसात्मक अभियान सुरु गरी २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।
आइओएफले दक्षिणी अल–खलिलमा छापा मार्दा डुरा सहरमा १८ जना नाबलुसको दक्षिणमा बेइता र क्यारिउट गाउँहरूमा अन्य चार जना र तुलकार्मको उत्तरमा डेर अल–घुसुन सहरमा तीन जना प्यालेस्टिनी युवाहरूलाई पक्राउ गरेको प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरेको छ ।
अभियानको क्रममा, आइओएफले जेरुसेलम (अल–कुद्स) को उत्तरपश्चिममा रहेको अल–कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको बताइएको छ ।
गिरफ्तारी वेस्ट बैङ्क क्षेत्रमा इजरायली कब्जा बलले सुरु गरेको प्यालेस्टिनी नागरिक विरुद्धको अभियान तथा नीतिको कार्यन्ययनको रूपमा अगाडी बढाइएको जनाइएको छ । जसको उद्देश्य प्यालेस्टिनीहरूलाई त्रसिद बनाउनु उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्नु, जीवन यापन असहज बनाई बर्हिगमनको लागि बाध्य पार्नु र कैदीहरूलाई रिहा गर्नु रहेको जनाइएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया