हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

सिन्धुली। तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार यही कात्तिक १७ गते दिउँसो १२ बजे घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो ।
कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीको टोलीले खोजतलास गर्दा घाँटीमा सलले बेरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदील जानकारी दिए ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा सुरज भन्ने सूर्यबहादुर कामीलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो भने निरन भनिने टङ्कबहादुर कामीलाई दुधौली नगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
मृतक छत्रकुमारीको मोबाइल फोन प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उहाँको मृत्यु सलले ‘घाँटी थिची’ गरिएको देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया