पूर्व राष्ट्रपति ओबामाले बनाउने चलचित्रको तेन्जिङका लागि अडिसन सुरु

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले नेटफ्लिक्सको सहकार्यमा सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा फिल्म बनाउँदैछन् । नेपालस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति तेन्जिङ ऐतिहासिक रहेकाले जीवनी फिल्म बनाउन लागको नेटफ्लिक्सले जनाएको छ ।
सुरुवाती चरणमा तेन्जिङको खोजी भइरहेको र केही महिनासम्म अडिसन चल्ने छ । आवेदन दिनेको शारीरिक ढाँचा खेलाडी शैलीको हुनुपर्ने उल्लेख गरिएको छ ।
२०२२ मा फिल्मको छायांकन नेपाल र न्यूजिल्यान्डमा हुने छ । जेनिफर पिडमद्धारा फिल्मको निर्देशन हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई देखाउने फिल्मको मुख्य उद्देश्य छ ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो । सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित भएर निर्माण हुन लागेको हो ।
कम्पनीको बेवसाइटमा अभिनयको अनुभव नहुनेलाई पनि कास्टिङको मौका दिइने जनाइएको छ । २५ देखि ४० वर्ष उमेर समुहका तिब्बत, शेर्पा र नेपालीले अडिसनका लागि आवेदन दिन सक्नेछन् । तेन्जिङको जीवनीको मुख्य पात्रको विश्वभरबाट खोजी सुरु भएको छ ।
तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसनका लागि यसमा निवेदन दिनुस् ।










मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
आज कात्तिक ३० गते आइतबारको राशिफल, कस्तो रहनेछ तपाईंको दिन ?
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया