प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छः महासचिव पोखरेल
मेरोन्यूज
२०८२ मंसिर २ गते २०:१३

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राखेका छन् ।
एमालेको विघटित संसदीय दलको बैठकलाई आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिएको बताए । महासचिव पोखरेलले गत भदौ २३ र २४ का ‘जेनजी’ प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको बताए । बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया