भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर ३ गते १३:११

भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।
“खान ले” पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने “खान सोन” पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ ।
पुल पार गर्दा बाढीको पानीले बगाएर अन्य तीन जनाको मृत्यु भएको बताइएको छ ।
“खान हो” प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा पर्नुका साथै पाहाडी क्षेत्रमा गएको ठुलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ ।
बुधबार सम्म बाढी प्रभावित क्षेत्रहरूबाट छ हजार ५०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा सथानान्त्रण गरेको जनाइएको छ ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया