दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । यो खेल बिहीबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् ।
पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ ।
अहिलेसम्म काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।










नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया