कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
मेरोन्यूज
२०८२ मंसिर ५ गते १२:३९

कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए ।
बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
सम्बन्धित









आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया