बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
मेरोन्यूज
२०८२ मंसिर ७ गते ९:१६

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम रहेकाे छ ।
कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।
पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए। कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया