दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित

काठमाडौँ । नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा ग¥यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।
भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।
यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिबिहीन हुनुपर्ने नियम छ ।









कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
प्रतिक्रिया