प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकि छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उनले अर्याललाई बिदा गरेकि हुन् ।
प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्यालले सेवा अवधिभरि देखाउनुभएको कर्तव्यनिष्ठा र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुभएको उहााको सचिवालयले जनाएको छ । मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र देशका लागि योगदान दिन पाएकामा खुसी व्यक्त गरिन् ।
विसं २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएका अर्याल विसं २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए। अर्याल अनिवार्य अवकाशमा जाने भएपछि यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

















चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया