हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक

काठमाडौं । हुवावेले नेपालमा आफ्नो नयाँ हुवावे वाच जीटी ६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत हुवावे वाच जीटी छ तथा हुवावे वाच जीटी छ प्रो मोडेल समावेश छन्।
टिकाउपन, स्पष्ट प्रदर्शन र दीर्घ ब्याट्री क्षमतामा केन्द्रित यस नयाँ श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा आधुनिक प्रविधि र नयाँ मापदण्ड स्थापित गरेको छ।
हुवावे वाच जीटी ६ छयालिस मिलिमिटर र एकचालिस मिलिमिटर दुवै आकारमा उपलब्ध छ। यसमा ३ हजार निट्ससम्मको ब्राइटनेससहितको एमओएलइडी स्क्रिन र परिष्कृत स्टेनलेस स्टिल डिजाइन प्रदान गरिएको छ। मोडेलनुसार १४ दिनदेखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस सिरिजको मुख्य आकर्षण हो।
हुवावे वाच जीटी ६ को मूल्य भेरियन्टअनुसार ३४ हजार ४ सय ९० देखि ३९ हजार ४ सय ९० सम्म निर्धारण गरिएको छ। यस्तै, प्रिमियम निर्माणसहितको हुवावे वाच जीटी ६ प्रो ५४ हजार ४ सय ९० देखि ७४ हजार ४ सय ९० सम्म उपलब्ध छ। प्रो भेरियन्ट खरिद गर्ने उपभोक्ताले ५ हजार ४ सय ९० मूल्य बराबरको हुवावे बड्स एसई २ उपहारस्वरूप प्राप्त गर्नेछन्।
दुवै मोडेलमा १ सयभन्दा बढी वर्कआउट मोड, मल्टि–जिएनएसएस पोजिसनिङ, तथा एनड्रोइड र आइओएससँग उपयोगी हुवावे हेल्थ एप मार्फत सहज कनेक्टिभिटीजस्ता सुविधाहरू समेटिएका छन्। हुवावे वाच जीटी ६ सिरिज नेपालभरका अधिकृत पुनर्विक्रेता इफिक्स नेपाल, दराज, तथा विभिन्न खुद्रा स्टोरहरूबाट उपलब्ध छ।















मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया