सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा मोदीका स्वकीय सचिव पक्राउ

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय हुन् । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको प्रहरीले जनाएको छ ।अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि स्वकीय नै थिए । घटनास्थलका सार्वजनिक भिडियोमा आगजनी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेस, अरुण साह एमाले तथा अन्सारी माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
उनीहरूलाई आज मोरङ जिल्ला अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीको योजना छ । भदौ २४ का घटनामा संलग्नको पहिचान फोटो र भिडियोका आधारमा भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरी चौकी र गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया