इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उनी जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गरेका छन् । उनका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ ।
पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर जिशानले इमरान खानको लोकप्रियताले वर्तमान शासन व्यवस्थालाई चुनौती दिइरहेको र यही कारणले उनको कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्न नदिइएको दाबी गरे । उनले भने, “उनको प्रभाव र जनसमर्थनबाट डराएका कारण नै सत्ताधारीहरूले उनलाई पूर्ण रूपमा आइसोलेसनमा राखेका छन् ।”
गत सातादेखि अफगानिस्तानका विभिन्न सामाजिक सञ्जाल खाताहरूमा रावलपिन्डीस्थित जेलभित्र इमरान खानको हत्या भएको खबर फैलिएको थियो । त्यही समयमा, अदालतको निर्देशन हुँदाहुँदै पनि पाकिस्तानी अधिकारीहरूले उनका बहिनीहरूलाई गत एक महिनादेखि भेट्न नदिएको समाचारसँग उक्त अफवाह जोडिएको थियो, जसले थप शङ्का उत्पन्न गरेको थियो ।
सिनेटर जिशानले भने, “उनलाई लगभग एक महिनादेखि एकान्तवासमा राखिएको छ । उनको परिवार, कानून व्यवसायी तथा पिटिआई नेतृत्वलाई समेत भेट्न नदिइनु अत्यन्तै दुःखद र मानवीय अधिकारको स्पष्ट उल्लङ्घन हो । उनलाई कुनै न कुनै सम्झौताको दबाबमा ल्याउन खोजिएको जस्तो देखिन्छ ।”
उनले भने, “पछिल्ला केही दिनमा हामीलाई आधिकारिक रूपमा आश्वासन दिइएको छ— इमरान खान जीवित छन्, अदियाला जेलमै छन् र उनको अवस्था स्थिर छ ।”
पाकिस्तान सरकारले कस्तो प्रकारको सम्झौता गर्न खोजिरहेको छ भन्ने प्रश्नमा सिनेटर जिशानले भने, “उनलाई देश छोडेर विदेशमा चुपचाप बस्न भनिएको छ । यदि उनी देश बाहिर बस्न सहमत भए भने छुट दिन सकिने सङ्केत दिइएको छ । तर इमरान खानले कहिल्यै यस्ता शर्तहरू स्वीकार गर्दैनन् । उनको राजनीतिक विश्वास र स्वभावले यस्तो सम्झौता सम्भव नै छैन ।”
जेलमा भए पनि इमरान खानको प्रभाव घट्नुको सट्टा बढ्दै गएको सिनेटर जिशानको दाबी छ । उनले भने, “पिटिआईको जरो पाकिस्तानका युवाहरूमा अत्यन्त बलियो छ । इमरान खानको विचारधारा पुस्तौँ पुस्तासम्म प्रतिध्वनित हुन थालेको छ । कठिन परिस्थितिले असल नेतृत्वलाई अझ उजागर गरिरहेकाले पार्टीको भविष्य उज्ज्वल छ ।”
इमरान खानको कुनै फोटो वा भिडियो किन बाहिर नआएको भन्ने प्रश्नमा पनि सिनेटर जिशानले स्पष्ट पार्दै भने, “सत्ताधारीहरूलाई थाहा छ— एउटा मात्रै तस्बिरले पनि विशाल जनसमर्थन उत्पन्न गर्न सक्छ । यही डरका कारण उनको कुनै दृश्य सार्वजनिक हुन दिइएको छैन ।”
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया