नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा एनआइसी एसिया बैंक र एनसिएचएल बीच सम्झौता

काठमाडाैं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग रणनीतिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै अब नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (डोमेस्टिक कार्ड स्किम) अन्तर्गतको यस नेपालपे कार्ड आफ्ना ग्राहकहरूलाई जारी गर्नेछ । त्यस्तै, बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच (नेसनल कार्ड स्वीच –एनपीएस–एनसीएस) को प्रमुख साझेदारको रूपमा स्थापित पनि गरेको छ ।
यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुका साथै स्वदेशी कार्डको रूपमा परिचित नेपालपे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरूमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चिततासमेत गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताले बैंकका ग्राहक महानुभावहरूलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिने विश्वास गरिएको छ ।
नेपालपे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ । साथै, डोमेस्टिक कार्ड स्किममा यस बैंकका ग्राहकहरूको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ सेवाको पहुँच पुर्याउनुका साथै देशमा नगदरहित अर्थतन्त्रको विकास गर्नसमेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
















ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया