झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अंकले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।
आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५८, होटल तथा पर्यटन शून्य दशमलव ६२, लगानी शून्य दशमलव ०४, जीवन बिमा शून्य दशमलव ५७ र लघुवित्त समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैङ्क शून्य दशमलव १७, वित्त शून्य दशमलव २७, जलविद्युत् शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, मबिलुङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र श्रीनगर एग्रिटेक इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको आज रु ३१ करोड ८१ लाख ३५ हजार ४७९ बराबरको छ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ ।









वाइडबडी प्रकरणमा सफाइ पाएकाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
यस्ता छन् मन्त्रीपरिषद्का २७ निर्णय
टाटाले ल्यायाे अहिलेसम्मकै आकर्षक अफर
लिपमोटरले नोभेम्बरमा बेच्यो ७० हजार बढी ईभी
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
दोस्रो जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ : खकुरेल
जनकपुरलाई हराउँदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम
प्रतिक्रिया