कोरोनाबाट चितवनमा ११ जनाको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना जिल्लाका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आउने रहेका छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका ९ का ५० वर्षीय पुरुष, चितवनको खैरहनी नगरपालिका ९ की ५४ वर्षीया महिला, रुपन्देहीको सियारी गाउँपालिका ४ की ३४ वर्षीया महिला, भैरहवा नगरपालिका ८ का ५० वर्षीय पुरुष रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट चितवनकै राप्ती नगरपालिकाका १ का ५० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका ९ का ३२ वर्षीय पुरुष, अर्घखाँचीको भूमिकास्थान नगरपालिका ९ का ३० वर्षीय पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका ५ का ३५ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् ।
कोरोनाबाट रुपन्देहीकै कालिका नगरपालिकाका १० का ४९ वर्षीय पुरुष र चितवनका माडी नगरपालिका ५ का ६० वर्षीय वृद्ध रहेका छन् ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया